दरंग (असम), 8 जुलाई (हि.स.)। ओरंग राष्ट्रिय उद्यान प्राधिकरण औ प्रकृति प्रेमी स्वयंसेवी संगठन आरण्यकको प्रयासमा 76औं वन महोत्सवको समापन पश्चात सोमवारदेखि ग्रीष्मकालीन प्रकृति शिविरको आयोजन गरिएको छ। ओरांग राष्ट्रिय उद्यान वरपरका विद्यालयका विद्यार्थीहरूलाई सामान्य शिक्षासँगसँगै वन्य जीवहरूसित परिचय गराउँदै उनीहरूको संरक्षणको बारेमा उनीहरूलाई शिक्षित गरिँदैछ।
ओरंग राष्ट्रिय उद्यान प्राधिकरणका पदाधिकारीहरूले बताएका छन्, पछिल्लो चार वर्षदेखिको राष्ट्रिय उद्यान नजिक अवस्थित विद्यालयहरूका विद्यार्थीहरूलाई वन्य जीवहरूको बारेमा शिक्षित गरिँदैछ। वन्य जीवहरूको बारेमा शिक्षाको प्रभाव बाल-बालिकाहरूको जीवनमा स्पष्ट रूपमा देखिँदैछ। वन अधिकारीले बताए, यस शिविरमा भाग लिने विद्यार्थीहरू म्याट्रिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न सक्षम भएका छन्।
अर्कोतिर विद्यार्थीहरूले भने, उनीहरू यसबाट लाभान्वित भएका छन्। यस ग्रीष्मकालीन शिविरबाट विद्यार्थीहरूबीच प्रकृति अनि जीवन-जन्तुहरूप्रति रूचि बढ़्ने आशा छ। यसपूर्व वन महोत्सवको अवसरमा क्विज प्रतियोगिता आयोजना गरियो साथै बिरूवा पनि वितरण गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा