
खरसाङ, 27 जुलाई (हि.स.)। खरसाङको लङ्भ्यू चियाबारीमा गत 95 दिनदेखि जारी भोक हड्ताललाई फिर्ता लिने आग्रह गर्दै सोमवार प्रशासनका अधिकारी अनि राज्य सरकारका प्रतिनिधिहरू तथा श्रमिक सङ्गठनहरूमाझ यहाँका लङ्भ्यू सार्वजनिक भवनमा बसेको बैठकले पनि भोक हड्ताललाई उठाउन सकेन।
बैठकमा पुलिस प्रशासनका उच्च अधिकारीहरू, खरसाङ खण्ड विकास अधिकारी लगायत प्रशासनका अन्य अधिकारीहरू, पीएफ कार्यालय, श्रम विभागका प्रतिनिधिहरू तथा राज्य सरकारको पक्षबाट खरसाङका विधायक सोनाम लामा उपस्थित थिए। यता विभिन्न राजनीतिक दलका श्रमिक संगठनका प्रतिनिधिहरू अनि आन्दोलनरत् हिल प्लान्टेसन इम्प्लोइज युनियनका प्रतिनिधिहरू पनि उपस्थित थिए।
बैठकमा विधायक सोनाम लामाले आफू जन प्रतिनिधि भएको नाताले पनि आग्रह गर्दै राज्य सरकार अनि प्रशासनको पक्षबाट अनशनलाई समाप्त गर्ने आग्रह गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक