एसआईआरको मुद्दामा संसदमा विपक्षको हंगामा, कामकाज ठप्प
लोकसभा


नयाँ दिल्ली, 01 अगस्त (हि.स.)। संसदका दुवै सदनमा बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) लाई लिएर विपक्षको हंगामाको कारण शुक्रवार कुनै कामकाज हुनसकेन औं एकपछि अर्को स्थगनपछि कारबाही दिनभरिको निम्ति स्थगित गरियो।

राज्यसभामा विपक्षको हंगामाको कारण कारबाही पहिले 12 बजीसम्म र फेरि सोमवार बिहान 11 बजीसम्मको निम्ति स्थगित गरियो। अर्कोतिर, लोकसभामा कारबाही पहिले 2 बजी र पछि सोमवारसम्मको निम्ति स्थगित गरियो।

बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) लाई लिएर शुक्रवार पनि राज्यसभाको कारबाही बाधित रह्यो। विपक्षको हंगामाको कारण राज्यसभा पहिले 12 बजीसम्म र फेरि सोमवार बिहान 11 बजीसम्मको लागि स्थगित गरियो। राज्यसभाको कारबाही शुक्रवार शुरू हुनसाथ आवश्यक दस्तावेज सदनको पटलमा राखियो। त्यसपछि उप सभापति हरिवंशले भने, आज बिहारको सन्दर्भमा एसआईआरलाई लिएर धेरै जनाले नोटिस दिए। आज 30 सदस्यले नोटिस दिए, जसलाई उपसभापतिले अस्वीकार गरे। त्यसपछि सदनमा हंगामा शुरू भयो। यसबीच आम आदमी पार्टीका सदस्य अशोक कुमार मित्तलले अस्पतालहरूमा भीड़को मुद्दा उठाए। फेरि पनि हंगामा रोकिएन। यसपछि सदनको कारबाही 12 बजीसम्मको लागि स्थगित गरियो। सदनको कारबाही 12 बजी पुनः शुरू हुँदापनि विपक्षी सदस्यहरूको हंगामा जारी रह्यो। पीठासीन अधिकारी घनश्याम तिवाड़ीले प्रश्नकालको शुरूआत गरे। पहिले प्रश्नको उत्तरमा केन्द्रिय मन्त्री अश्विनी वैष्णव जवाफ दिनका लागि उठे तर हंगामाको कारण कारबाही चल्नसकेन, जसपछि कारबाही सोमवार पूर्वाह्न 11 बजीसम्मका लागि स्थगित गरियो।

लोकसभामा अध्यक्ष ओम बिरलाले पूर्वाह्न 11 बजी कारबाही शुरू हुनसाथ विपक्षको हंगामा र प्लाकार्ड लिएऱ आउँदा आपत्ति व्यक्त गरे। बिरलाले सदस्यहरूसित प्रश्नकाललाई चल्न दिने आग्रह गरे तर हंगामा जारी रह्यो, जसपछि कारबाही 2 बजीसम्मको लागि स्थगित गरियो। अपराह्न दुई बजी कारबाही पुनः शुरू हुँदा सरकारले गोवा राज्य विधानसभाको निर्वाचन क्षेत्रहरूमा अनुसूचित जनजातिहरूको प्रतिनिधित्वको समायोजन विधेयक, 2024 चर्चाको निम्ति पेश गऱ्यो। तर विपक्षको हंगामा जारी रह्यो। यसमा संसदीय कार्य राज्य मन्त्री अर्जुन राम मेघवालले विपक्षमाथि अनुसूचित जनजाति (एसटी) विरोधी भएको आरोप लगाए। हंगामा जारी रहँदा पीठासीन अधिकारी कृष्णा प्रसाद तेन्नेटीले कारबाही सोमवारसम्मको लागि स्थगित गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande