ट्रम्पको टेरिफमाथि सरसंघचालकले गरे संकेतात्मक टिप्पणी
नागपुर, 01 अगस्त (हि.स.)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको टेरिफले विश्वका धेरै देशहरूमा असन्तोष व्याप्त छ। केही पश्चिमी देशहरूको भारत ट्रम्पको रणनीति सामू झुकोस् भन्ने अपेक्षा छ। यद्यपि, भारत सरकारले यसमा कुनै आधिकारिक रबैया अपनाएको छैन तर राष्ट्रिय स्वयंसेवक संघ (रा.स्व.संघ) का सरसंघचालक डा. मोहन भागवतले नागपुरमा एक संकेतात्मक टिप्पणी गर्दै भने, भारतको प्रगति केवल आत्मनिर्भरता र स्वबलको माध्यमले नै सम्भव छ।
भागवत शुक्रवार कविकुलगुरु कालिदास संस्कृत विश्वविद्यालय अन्तर्गत डा. हेडगेवार अन्तरराष्ट्रिय गुरुकुलको उद्घाटन समारोहमा बोलिरहेका थिए। उनले भने, देश र समयको परिस्थितिहरूले हामीलाई यो संकेत दिइरहेको छ कि अब भारत आत्मनिर्भर बन्नैपर्नेछ। भारतले केवल आफ्नो बुतामै वास्तविक प्रगति गर्नसक्छ। हाम्रो अस्मिता नै हाम्रो शक्ति र समृद्धिको आधार हो। जहाँ स्वत्व हुन्छ, त्यही शक्ति, ओज र लक्ष्मीको वास हुन्छ। जब हामीले आफ्नो स्वत्वलाई बिर्सिन्छौं तब अवन्नति शुरू हुन्छ। भारतको पतन पनि यही विस्मरणको कारण भयो।
उनले भने, भारतको परम्परा अत्यन्त प्राचीन छ। ईसाको पहिलो शताब्दीदेखि 16औं शताब्दीसम्म भारत विश्वमा अग्रणी थियो किनभने भारत आफ्नो स्वत्वमा अडिग थियो। जब भारतीयहरूले आफ्नो स्वत्वलाई बिर्सिनु शुरू गरे, तब भारत विदेशी आक्रमणहरूको शिकार बन्न थाल्यो। अंग्रेजहरूले त भारतीयहरूको बुद्धिलाई पनि दास बनाउने रणऩीति अपनाए। यदि भारतलाई आत्मनिर्भर बन्नुछ भने पहिले आफ्नो स्वत्वको पहिचान गर्नुपर्नेछ।
संस्कृतको संरक्षण र प्रसारको आवश्यकता
डा. भागवतले भने, भाषा कुनैपनि समाजको ‘स्व’भावलाई प्रकट गर्ने माध्यम हुन्छ। जस्तो समाजको भावना हुन्छ, त्यस्तै उसको भाषा हुन्छ। संस्कृत जन सामान्यको भाषा बनोस् र जीवन व्यवाहरमा त्यसको उपयोग हुनु आवश्यक छ। यसबाट संस्कृतको पनि पुनरूद्धार हुनेछ। संस्कृतमा शब्दहरूको सबैभन्दा अधिक सम्पदा छ र यो धेरै भाषाहरूको जननी हो। देशका लगभग सबै भाषाहरूको मूल संस्कृतमा छ। देशकाल र परिस्थिति अनुसार भाषाको विकास हुन्छ र संस्कृतलाई आम जनको जीवनमा स्थान दिनु आवश्यक छ। संस्कृतलाई केवल विश्वविद्यालयहरूसम्म सीमित राखिनुहुँदैन।
उनले भने, संस्कृत बोल्नुपर्छ, केवल डिग्रीको निम्ति पढ्नु हुँदैन। देशमा यस्ता अनेकौं परिवार छन्, जहाँ परम्पराले संस्कृतको पाठ हुँदै आएको छ तर भाषा बोल्ने प्रवृत्ति विकसित भएको छैन। संस्कृतले राजाश्रयका साथै लोकाश्रय पनि पाउनुपर्छ।
अन्तमा उनले भने, देशवासीहरूको स्वत्वलाई जागृत गर्न देशको सबै भाषाहरूका साथै संस्कृत भाषाको पनि विकास हुनुपर्छ। यस दिशामा संस्कृत विश्वविद्यालयहरूले सक्रिय भूमिका निभाउनुपर्छ।
यस अवसरमा मुख्यमन्त्री देवेन्द्र फडणवीस, उच्च शिक्षा मन्त्री चन्द्रकान्त पाटील, कुलगुरु डा. हरेराम त्रिपाठी, पूर्व कुलगुरु डा. पंकज चान्दे, डा. उमा वैद्य र निदेशक कृष्ण कुमार पाण्डे प्रमुख रूपमा उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी