खरसाङको सन्त पौल पल्लीमा आमा दिवस पालन
खरसाङको सन्त पौल पल्लीमा आमा दिवस पालन


खरसाङ, 31 अगस्त (हि.स.)। खरसाङको सन्त पौल गिर्जा घरमा सन्त मोनिकाको पर्वलाई केन्द्र गर्दै यस पल्लीको क्याथोलिक समाजको आयोजनामा सन्त पौल पल्लीका आमाहरूको पर्व पालन गरियो। मिस्सा बलिदान अर्पण गरी आमा दिवस पालन गरिएको आजको आमा दिवसमा सन्त अलफन्सस उच्चतर माध्यमिक विद्यालयका शिक्षक फादर डेविडद्वारा आफ्नो सम्बोधनमा सन्त मोनिकाको जीवनी विषय प्रकाश पार्दै सन्त मोनिकाले आफ्नो जीवनमा धेरै दुख्छ अनि चुनौतीहरूलाई समाना गर्न परेको जानकारी गराए।

आफ्नो पतिको मन परिवर्तनको निम्ति छोरो अगसटिनले दिएको दु:खहरूको निम्ति अनि आफ्नो सासुले दिएका विभिन्न प्रताडनाहरूलाई सदैव चुपचाप सहेर उनीहरूको निम्ति निरन्तर प्रथार्ना गरिरहिन् र अन्त्यमा सबैको मन परिवर्तन भयो र छोरो अगस्टिन पछिबाट गएर विशप बने र सन्त पनि भए भनी जानकारी गराए।

कार्यक्रममा चर्चप्रति र मण्डलीप्रति विभिन्न रूपमा निःस्वार्थ योगदान पुऱ्याए वापत सिस्टर संगीता एफसी अनि गुरूआमा जिन म्याथुलाई क्याथोलिक समाजद्वारा सम्मान प्रदान गरियो। सन्त पौल पल्लीका फतिमा झुण्डका सदस्यहरू द्वारा २०२५ वर्षको मोनिका उपाधिले वरिष्ठ नागरिक शिशिलीया छेत्रीलाई सम्मान प्रदान गरियो।

आजको आमा दिवसमा फादर पिटर जोङ लेप्चाको संगीत अनि शब्द रचनाको नेपाली इसाई भजन 'नयाँ मञ्जूषा' को विमोचन गरियो। सिलभेष्टर लेप्चा, निशा सार्की, रूथ योञ्जन अनि साथीहरूद्वारा अभिनित यस नेपाली भजन एलिना लेप्चा अनि टिरेजा लेप्चा महानदीद्वारा स्वर्गीय एन्ड्रु लेप्चा अनि स्वर्गीय अगस्तित् लेप्चाको नाममा प्रायोजित गरिएको फादर पिटर जोङ लेप्चाले जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande