निट परीक्षा उत्तीर्ण निहारिका सुब्बालाई‌ समाजद्वारा सम्मान
निट परीक्षा उत्तीर्ण निहारिका सुब्बालाई‌ समाजद्वारा सम्मान


खरसाङ, 31 अगस्त (हि.स.)। खरसाङको सिंगेल चियाबगान अन्तर्गत कफीबारी डाँडाधुरा निवासी पिता कृतान सुब्बा र आमा दिपमाला सुब्बाकी छोरी निहारिका सुब्बाले निट परीक्षा उत्तीर्ण गरेकोमा सम्मान जनाइएको छ। यसै खुशीको मौकामा गाउँवासी साथै डाँडाधुरा ग्राम सुधार समिति समाजले निट परीक्षा पास गरी गाउँ साथै समाजका नाम उच्च गरेकोमा निहारिकालाई गाउँका सम्पूर्ण ठूला बढाहरूद्वारा आशीर्वाद स्वरूप सम्मान जनाइयो।

विशेष सम्मान कार्यक्रममा समाजका प्रतिनिधि भाइटन तामाङ, समाज सभापति, बिन्ध्या सुब्बा, सल्लाहकार डम्बर छेत्री, पञ्चायत प्रधान सहदेव तामाङ आदिले आफ्नो वक्तव्यमा निहारिका सुब्बालाई बधाई साथै आशीर्वाद दिएका थिए। उनीहरूले आगामी दिनहरुमा समाजबाट गर्नु सक्ने सहयोग पुऱ्याउने वचन दिए।

निहारिका छेत्रीले यति धेरै माया अनि सम्मान जनाएकोमा धन्यवाद दिँदै युवाहरूलाई पनि आफ्नो अभिभावकको मार्गदर्शनमा हिड्ने सुझाउ दिएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande