भाषा संग्रामी एवं पूर्व सांसद आरबी राईलाई 'भाषा सेवा सम्मान' पुरस्कार
भाषा संग्रामी एवं पूर्व सांसद आरबी राईलाई 'भाषा सेवा सम्मान' पुरस्कार


दार्जिलिङ, 31 अगस्त (हि.स.)। तीन दशक लामो भाषा मान्यता आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने भाषा संग्रामी एवं पूर्व सांसद आरबी राईलाई जीटीएद्वारा 'भाषा सेवा सम्मान' पुरस्कारद्वारा अलङ्करण गरिएको छ। जीटीएको सूचना अनि सांस्कृतिक विभागको आयोजनामा साता दिनव्यापी चलिरहेको ३४औं भाषा मान्यता दिवस महोत्सवको आइतवार विधिवत रुपले समापन भयो।

दार्जिलिङको‌ गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न उक्त समापन समारोहका मुख्य अतिथि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले खदामालाको साथ गोर्खा टोपी लगाइदिएर सम्मान पत्रको साथ वयोवृद्ध भाषा संग्रामी एवं पूर्व सांसद आरबी राईलाई नागरिक सम्बर्द्धना जनाए।जीटीएको सूचना एवं सांस्कृतिक विभाग अनि नेपाली भाषा समारोह समितिको संयुक्त तत्वावधानमा सम्पन्न यस समापन कार्यक्रम अवधि भाषिक एकता दर्शाउँदै हर्षोल्लासका साथ सांस्कृतिक शोभा यात्रा निकालेर शहर परिक्रमा गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande