दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिए
दलाई


धर्मशाला, 13 सेप्टेम्बर (हि.स.)। तिब्बती धर्मगुरू दलाई लामाले शनिवार नेपालकी प्रथम महिला अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई सन्देश पठाए। एक पत्रमा उनले नेपाली र तिब्बती मानिसहरूबीच एतिहासिक घनिष्ठ सम्बन्धहरूको उल्लेख गर्दै 1959 पछि तिब्बतबाट पलायन गर्ने शरणार्थीहरूको पुनर्वासको निम्ति नेपाल सरकार र जनताप्रति कृतज्ञता व्यक्त गरे।

दलाई लामाले सुशीला कार्कीलाई पठाएको एक पत्रमा लेखेका छन्, तपाईलाई थाहै छ, नेपाली र तिब्बती मानिसहरूबीच एतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहिआएको छ। 1959 देखि उता बलजफ्ती पलायन गर्ने तिब्बती शरणार्थीहरूको पुनर्वासको निम्ति सुविधाहरू प्रदान गर्नका लागि म नेपाल सरकार र नेपाली जनताको धेरै आभारी छु। वास्तवमा, यद्यपि तिब्बती समुदाय अपेक्षाकृत सानो छ तर मेरो भनाई छ, यसले नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान दिइऱहेको छ।

धर्मगुरूले लेखे, गत केही वर्षमा नेपालमा जीवनका सबै क्षेत्रहरूमा उल्लेखनीय विकास र समृदधि बढ़ेको छ। यस्ता उपलब्धीहरू तब अझ् पनि सार्थक हुन जान्छ जब यसले वास्वतमा गरीब र खाँचो परेका मानिसहरूको जीवनमा सुधार ल्याउँछ। म यस चुनौतीपूर्ण समयमा नेपालका जनताको आशाहरू र आकांक्षाहरूलाई पूरा गर्नमा तपाईको सफलताको कामना गर्दछु।

उल्लेख्य, सुशीला कार्की, जो पूर्व मुख्य न्यायाधीश हुन्, उनलाई शुक्रवार राति राष्ट्रपति रामचन्द्र पौड़ेलद्वारा शपथ दिलाइएको थियो। भ्रष्टाचार विरोधी हिंसक प्रदर्शनहरूपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि यो नियुक्ति भयो। अन्तरिम सरकारले मार्च 2026 सम्म नयाँ चुनाउ गराउने दायित्व निभाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande