(भारतीय भाषा समागम) शिक्षामा भारतीय मूल्यहरूलाई सामेल गर्नु समयको आवश्यकताः नीलकण्ठ तिवारी
हिन्दुस्थान समाचारको भारतीय भाषा समागम


वाराणसी, 13 सेप्टेम्बर (हि.स.)। विधायक नीलकण्ठ तिवारीले स्वतन्त्रतापछि अनेक आन्दोलनहरू र बलिदानहरूले लोकतन्त्र र शान्तिको नीवं राखिएको बताएका छन्। उनले भने, समाजहितमा कार्य गर्नेहरूको सम्मान गर्नु आजपनि हाम्रो जिम्मेवारी हो। अन्य देशहरू सरह भारतले पनि आफ्न मूल र सांस्कृतिक धरोहरलाई अझ् मजबूत बनाउनुपर्नेछ। सिक्षामा भारतीय मूल्यहरूलाई सामेल गर्नु समयको आवश्यकता हो।

शहर दक्षिणीका विधायक नीलकण्ठ तिवारी शनिवार उत्तर प्रदेशको सांस्कृतिक नगरी काशी (वाराणसी) मा महात्मा गान्धी काशी विद्यापीठको गान्धी अध्ययन पीठ सभागारमा भारतीय भाषा समागम 2025 कार्यक्रमलाई सम्बोधित गरिरहेका थिए। यस समागमको आयोजन हिन्दुस्थान समाचार समूहको तर्फबाट गरियो। यस वर्षको विषय “पंच प्रण : स्वभाषा र विकसित भारत” रह्यो।

राष्ट्र, समाज र शिक्षाको मूल्यहरूमाथि आफ्नो विचार पोख्दै विधायक तिवारीले भने, स्वतन्त्रतापछि धेरै आन्दोलनहरू र बलिदानहरूले लोकतन्त्रको आधार राखियो। अन्य देशहरू सरह भारतले पनि आफ्नो मूल र सांस्कृतिक धरोहरलाई अझ् मजबूत बनाउनुपर्नेछ। समाजहितमा कार्य गर्नेहरूको सम्मान गर्नु आजपनि हाम्रो जिम्मेवारी हो। वर्ष 1947 मा जब भारत स्वतन्त्र भएको थियो तब शिक्षा संस्थानहरूको संख्या धेरै नै कम थियो तर आज देशभरिमा लगभग 600 विश्वविद्यालय, हजारौं महाविद्यालय, आईआईटी र प्रबन्धन संस्थान कार्यरत छन्। भारतीय छात्र आफ्नो प्रतिभा र ज्ञानले विश्वस्तरमा भारतको गौरव बढ़ाइरहेका छन्।

उनले चिन्ता व्यक्त गरे कि धेरै पल्ट छात्रहरूलाई भारतको असली पहिचान र मूल मूल्य के हो भन्ने स्पष्ट हुँदैन। उनले भने, वर्ष 2014 देखि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा यस विषयमाथि गम्भीर चिन्तन शुरू भएको छ, जसबाट समाजमा आत्मविश्वास र गर्वको नयाँ भावना जागृत भएको छ। उनले अपील गर्दै भने, शिक्षा प्रणालीमा भारतीय संस्कृति र मूल्यहरूलाई छात्रहरूसम्म पुऱ्याउनु नै समयको सबैभन्दा ठूलो आवश्यकता हो। यो कदम न केवल व्यक्तिगत स्तरमा तर सामाजिक र राष्ट्रिय स्तरमा पनि आत्मबल र आत्मविश्वासलाई मजबूत बनाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande