गुवाहाटी, 15 सेप्टेम्बर (हि.स.)। असमको रीजधानी गुवाहाटीस्थित डिमोरिया महाविद्यालय (स्वायत्त)-द्वारा सोमवार महाविद्यालयको डिजिटल सभागृहमा हिन्दी दिवसको आयोजन गरियो। इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्र, संस्कृति मन्त्रालय, भारत सरकार, क्षेत्रीय केन्द्र, गुवाहाटीको तत्वावधानमा हिन्दी विभाग, डिमोरिया महाविद्यालयको हिन्दी विभागले प्रतिवर्ष यस कार्यक्रमको आयोजन गर्दै आइरहेको छ।
कार्यक्रममा इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्र, गुवाहाटीका निदेशक डा. सपम रनवीर सिंह, केन्द्र का प्रशासनिक अधिकारी जतिन्द्र मोहन बोरा, कार्यक्रमका विशिष्ट वक्ता पत्रकार रविशंकर रवि, मुख्य अथितिका रूपमा, डिमोरिया महाविद्यालयका प्रभारी प्राचार्य डा. महानन्द बोरा आदि उपस्थित थिए। सभाको अध्यक्षता हिन्दी विभागकी विभागाध्यक्ष शेवाली कलिता तालुकदारले गरिन् भने कार्यक्रमको संचालन हिन्दी विभागकी सहकारी अध्यापिका डा. जशोधरा बोराले गरिन्।
अतिथिहरूको सम्बोधन अतिरिक्त मुन्नी कलिताले सत्रिया नृत्य प्रस्तुत गरिन् भने छात्रा अलिम्पा मेधी एवं नवजीत रहांगले हिन्दीमाथि आ-आफ्नो विचार राखे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा