पूसामा आज र भोली राष्ट्रिय कृषि सम्मेलन-रबी अभियान
पूसामा आज र भोली राष्ट्रिय कृषि सम्मेलन-रबी अभियान


नयाँ दिल्ली, 15 सेप्टेम्बर (हि.स.)। भारतीय कृषि अनुसन्धान संस्थान (पूसा) दिल्लीमा आज दुई दिवसीय 'राष्ट्रिय कृषि सम्मेलन-रबी अभियान 2025' शुरू हुनेछ। सम्मेलनको अध्यक्षता कृषि मन्त्री शिवराज सिंह चौहानले गर्नेछन्। केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्रालयको बयानमा यो जानकारी दिइयो।

बयान अनुसार, सम्मेलनमा देशभरिका कृषि विशेषज्ञहरू, वैज्ञानिकहरू, नीति-निर्धारकहरू एवं राज्य सरकारहरूका वरिष्ठ प्रतिनिधिहरूले हिस्सा लिनेछन्। सम्मेलनमा अनेक राज्यहरूका कृषि मन्त्री, केन्द्रिय कृषि एवं किसान कल्याण सचिव, भारतीय कृषि अनुसन्धान परिषदका महानिदेशक सहित अन्य सम्बन्धित केन्द्रिय मन्त्रालयहरू तथा राज्यहरूका वरिष्ठ अधिकारी सामेल हुनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande