कोलकाता, 15 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कोलकाता स्थित भारतीय थलसेनाको ईस्टर्न कमान्ड मुख्यालय विजय दुर्ग (पूर्ववर्ती फोर्ट विलियम) मा तीन दिवसीय संयुक्त कमान्डरहरूको सम्मेलनको उद्घाटन गरे। यस अवसरमा रक्षा मन्त्री राजनाथ सिंह पनि उपस्थित रहे। यो सम्मेलन ‘अपरेशन सिन्दूर’ पछिको पहिलो उच्चस्तरीय आयोजन हो।
रक्षा अधिकारीहरू अनुसार, अपरेशन सिन्दूर सीमापारी आतङ्की ढांचालाई ध्वस्त गर्नका लागि गरिएको एक दण्डात्मक र लक्षित सैन्य कारबाही थियो। यस अभियानले त्रि-सेनाहरूको सठीकता, पेशावर क्षमता र सुनियोजित रणनीतिको प्रदर्शन गऱ्यो।
सम्मेलनमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, रक्षा सचिव राजेश कुमार सिंह, चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान र थल, वायु र नौसेना प्रमुख पनि सामेल भए। यस मंचलाई सशस्त्र बलहरूको सर्वोच्च मन्थन स्थल मानिन्छ, जहाँ सैन्य र राजनीतिक नेतृत्व सामरिक, संस्थागत र परिचालन प्राथमिकताहरूमाथि विचार-विमर्श गर्छन्।
यस वर्ष सम्मेलनको विषय हो – ‘सुधारहरूको वर्ष: भविष्यको निम्ति रूपान्तरण’। 16औं संस्करणको मुख्य फोकस सशस्त्र बलहरूमा सुधार, परिवर्तन, तकनीकी आधुनिकीकरण र बहु-क्षेत्रीय तयारीहरूलाई सुदृढ़ बनाउनु हो। रक्षा अधिकारीहरूको भनाई छ, यो बैठकले सेनाहरूको गहिरो एकीकरण प्रक्रिया र उच्चस्तरीय अपरेशन तत्परताप्रति प्रतिबद्धतालाई दर्शाउँछ।
प्रधानमन्त्री मोदी हिजो साझँ असमदेखि कोलकाता पुगे औं राजभवनमा रात बिताएपछि सोमवार बिहान लगभग 9.30 बजी विजय दुर्ग पुगे। उनी दिउँसो बिहारको पूर्णियाको निम्ति प्रस्थान हुनेछन्। यो गत पाँच महिनामा प्रधानमन्त्रीको चौथो बंगाल दौड़ाह हो र एक महिनाभित्र दोस्रो। संयुक्त कमान्डरहरूको पछिल्लो सम्मेलन वर्ष 2023 मा भोपालमा आयोजित भएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी