महालयदेखि जलपाईगुड़ीमा सबै साइनबोर्डहरू बंगला भाषामा हुने
महालयदेखि जलपाईगुड़ीमा सबै साइनबोर्डहरू बंगला भाषामा हुने


जलपाईगुड़ी, 16 सेप्टेम्बर (हि.स.)। देवीपक्षको शुरुआतसितै जलपाईगुड़ी नगरपालिकाले मातृभाषा बंगलालाई मर्यादा दिने दिशामा ठूलो कदम उठाएको छ। महालयको दिनदेखि नगरपालिका क्षेत्रमा सबै साइनबोर्ड, कार्यालय, पसल एवं शपिंग मलको बोर्ड बंगला भाषामा लेख्न अनिवार्य बनाइएको छ।

नगरपालिकाको स्पष्ट निर्देश छ, हरेक प्रतिष्ठानको नामलाई साइनबोर्डको सबैभन्दा माथि ठूलो अक्षरहरूमा बंगला भाषामा लेखिनुपर्छ। यदि कुनै प्रतिष्ठानले यो नियम पालन गरेन भने त्यसको ट्रेल लाइसेन्सलाई रद्द गरिनेछ। हालैमा तृणमूल कंग्रेसले बंगला भाषाको रक्षा एवं सम्मानको लागि आवाज उठाएको छ। सोही नीति अन्तर्गत नगरपालिकाले पनि यो कदम उठाएको हो।

नगरपालिकाका भाइस चेयरम्यान सैकत चट्टोपाध्यायले भने, “अंग्रेज़ी वा अन्य भाषाहरूमा साइनबोर्ड लेख्दा कुनै आपत्ति छैन, तर प्राथमिकता सदैव बंगला भाषालालाई नै दिनुपर्छ।” महालयाको दिन नगरपालिकाले पाँच वटा पसलहरूको साइनबोर्ड बंगलामा लेखेर यस कार्यक्रमको शुभारम्भ गर्नेछ। यो अभियान आगामी 31 दिसम्बरसम्म जारी रहनेछ जसको लक्ष्य हो, अंग्रेजी नव वर्षसम्म शहरभरिका सबै साइनबोर्ड बंगलामा बनाउने। यस निर्णयलाई स्थानीय व्यापारी संगठनहरूले पनि स्वागत गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande