गान्तोक, 16 सेप्टेम्बर (हि.स.)। नयॉं बजार जोरथाङ नगर पञ्चायत (एनजेएनपी) को वार्ड 5 की पार्षद उमा पोर्तेलले विद्या भारती सिक्किम सम्बद्ध सरस्वती शिशु विद्यालय नयॉं बजारलाई दुईवटा स्ट्यान्ड पंखाको सेट प्रदान गरेकी छन्। उनको यो विचारशील योगदान यस्तो समयमा आएको छ जब गत 5 सेप्टेम्बर, 2025 को रातमा परेको अविरल वर्षाका कारण विद्यालयमा जलमग्न हुँदा लाखौंको क्षति भएको छ भने धेरै उपकरणहरूलाई पनि क्षति पुगेको छ।
विद्यालय प्रशासनको तर्फबाट प्रधानाचार्यले यो दानलाई अत्यन्त कृतज्ञताका साथ स्वीकार गरेको जानकारी विद्या भारती सिक्किमका प्रान्त प्रचारक सूर्य धितालले दिएका छन्। पोर्तेलको नयॉं बजार क्षेत्रमा शैक्षिक पूर्वाधारलाई सुधार गर्ने निरन्तर प्रतिबद्धताको सराहना गरिएको छ।
वार्ड विकासको लागि आफ्नो सक्रिय दृष्टिकोणका लागि परिचित पार्षद पोर्तेलले यस्ता पहलहरू आफ्नो सेवा कार्यको प्राथमिकतामा रहेको बताएकी छिन्। उनले भनिन्, 'शिक्षा प्रगतिको आधार हो, र हाम्रा विद्यालयहरूलाई हरेक सम्भव तरिकाले समर्थन गर्नु हाम्रो कर्तव्य हो।' विद्या भारती सिक्किमले पार्षद पोर्तेलप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै नयॉं बजारका बालबालिकाहरूका कल्याणको लागि निरन्तर सहयोगको आशा व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल