राज्यपालले सिक्किमवासीहरूलाई विश्वकर्मा पूजाको शुभकामना दिए
om prakash mathur


गान्तोक, 16 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले विश्वकर्मा पूजाको पावन अवसरमा सिक्किमवासीहरूलाई शुभकामना दिएका छन्।

राज्यपालले आफ्नो सन्देशमा भने, 'म सिक्किमका सबै नागरिकहरू, विशेष रूपमा कुशल शिल्पकारहरू, अभियन्ताहरू, कारीगरहरू, श्रमिक दाजुभाई तथा दिदी बहिनीहरूका साथै ती सबै कर्मयोगीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिॅंदछु, जसको निष्ठा र परिश्रमले हाम्रो समाजको प्रगति र विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ।'

राज्यपालले हिन्दू धार्मिक मान्यता अनुसार, विश्वकर्मा पूजा भगवान विश्वकर्मालाई समर्पित छ, जो ब्रह्मा जीका पुत्र हुन् भने सारा ब्रह्माण्डका मुख्य वस्तुकार मानिन्छन्।' उनले भगवान विश्वकर्माको कृपाले हामी सबैलाई उत्कृष्टतातिर प्रेरित गरुन्, कर्मशील रहन प्रेरणा प्रदान गरुन् र एक समृद्ध अनि सुदृढ राष्ट्रको निर्माणमा हाम्रो योगदान सार्थक बनोस् भनी कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande