खरसाङ, 16 सेप्टेम्बर (हि.स.)। राज्य सरकारद्वारा खरसाङ नगरपालिका कार्यालयमा कार्यरत् सिवरेज र सेप्टिक कर्मचारीहरूलाई व्यक्तिगत सुरक्षा सर सामानहरु प्रदान गरिएको छ। उक्त सर सामानहरु आज खरसाङ नगरपालिका कार्यालयमा सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बाको उपस्थितिमा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानको बाहुलीबाट प्रदान गरियो।
यस विषयमा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानले नगरपालिकाको स्वच्छ एवं स्वास्थ्य विभागमा कार्यरत् कर्मचारीहरूको स्वास्थ्य सुरक्षित राख्न खरसाङ नगरपालिका कटिबद्ध रहेको बताए। यसर्थ स्वास्थ्य जाँच शिविर सञ्चालन गरेर उनीहरूको स्वास्थ्य जाँच गरिरहेको बताउॅंदै उनले माक्स पञ्जा, गम्बुट इत्यादि पनि प्रदान भइरहेको जनाएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक