कुचबिहारमा सड़क दुर्घटना, चारजनाको मृत्यु
कुचबिहारमा सड़क दुर्घटना, चारजनाको मृत्यु


कुचबिहार, 16 सेप्टेम्बर (हि.स.)। जिल्लामा मंगलवार भोर बिहान भएको एक भयानक सड़क दुर्घटनामा चारजना मानिसहरूको मृत्यु भयो। दुर्घटना चिलकिरहाट क्षेत्रमा भएको हो जहाँ एउटा सानो चार चक्के वाहन अनियन्त्रित भएर सड़क किनारको खाल्डोमा झऱ्यो।

पुलिस सूत्र अनुसार वाहन चाँदमारीदेखि देवानहाट तर्फ गइरहेको थियो। यसै क्रममा अचानक वाहन असन्तुलित भएर यो दुर्घटना भयो। वाहनमा पाँचजना मानिसहरू सवार भएका थिए जसमध्ये चारजनाको घटनास्थलमै मृत्यु भयो भने अर्को एकजना महिला वाहनदेखि हाम फालेर आफ्नो ज्यान बचाउन सफल भइन्।

मृतकहरूको पहिचान धनञ्जय बर्मन, अमित दास, सञ्जय दास र पार्थ दासको रूपमा भएको छ। मृतकहरूको शवलाई पुलिसले कुचबिहारको एमजेएन मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गर्न पठाइदिएको छ।

पुलिसको प्राथमिक अनुमानमा लगातार परिरहेको पानीले सड़क चिप्लिएको कारणले वाहन असन्तुलित भयो अनि यो दुर्घटना भयो। घटनापछि क्षेत्रमा गहिरो शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande