ईडीले अनलाइन सट्टेबाजी एप मामिलामा रोबिन उथप्पा, युवराज सिंह र सोनू सूदलाई नोटिस पठायो
ईडी


नयाँ दिल्ली, 16 सेप्टेम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले पूर्व क्रिकेटरहरू रोबिन उथप्पा र युवराज सिंह साथै अभिनेता सोनू सूदलाई कथित अवैध अनलाइन सट्टेबाजी एपसित सम्बन्धित मनी लन्ड्रिङ मामिलामा सोधपुछको निम्ति नोटिस पठाएको छ।

केन्द्रिय जाँच एजेन्सीले अनलाइन सट्टेबाजी ऐप 1xBet सित सम्बन्धित एक मामिलामा धन शोधन निवारण अधिनियम, 2002 (पीएमएलए) अन्तर्गत आगामी हप्ता सोधपुछको निम्ति रोबिन उथप्पालाई 22 सेप्टेम्बर, युवराज सिंहलाई 23 सेप्टेम्बर, जबकि सोनू सूदलाई भोली पल्द 24 सेप्टेम्बरमा बोलाएको छ। यस मामिलाको जाँच अन्तर्गत गत केही हप्तामा ईडीले पूर्व क्रिकेटरहरू सुरेश रैना र शिखर धवनसित सोधपुछ गरेको छ। यस मामिलामा सोमवार पूर्व टीएमसी सांसद र अभिनेत्री मिमी चक्रवर्तीको बयान पनि दर्ता गरिएको छ।

यस बाहेक बंगाली अभिनेता अंकुश हाजरा यस मामिलामा निर्धारित नोटिसमा आज ईडी समक्ष पेश भए जबकि 1xBet की भारत ब्रान्ड एम्बेसडर एवं अभिनेत्री उर्वशी रौतेला मंगलवार दिइएको मितिमा अहिलेसम्म पेश भएकी छैनन्।

केन्द्रिय जाँच एजेन्सीको यो जाँच कथित अवैध सट्टेबाजी ऐप्ससित सम्बन्धित छ, जसबारे भनिएको छ कि उसले धेरै मानिसहरू र निवेशकहरूबाट करोड़ौं रुपियाँको ठगी गरेको छ। कम्पनीको वेबसाइट र ऐप 70 भाषामा उपलब्ध छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande