ग्यारेजमा आगलागी, मालिक घाइते, लाखौंको नोक्सान
ग्यारेजमा आगलागी, मालिक घाइते, लाखौंको नोक्सान


पूर्वी सिंहभूम, 17 सेप्टेम्बर (हि.स.)। बागबेड़ास्थित सन्तोष ग्यारेजमा बुधवार अचानक आगो लाग्यो जसले गर्दा लाखौं रुपियाँको सामान जलेर खरानी भयो। आगो निभाउने प्रयास गर्दा ग्यारेज मालिक सन्तोष कुमार जलेर घाइते भए जसलाई तत्कालै स्थानीय मानिसहरूको सहयोगमा सदर अस्पतालमा भर्ती गरियो जहाँ उनको अवस्था स्थिर रहेको बताइएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार विश्वकर्मा पूजाको अवसरमा सन्तोष कुमारले आफ्नो ग्यारेजको सर-सफाई गरेका थिए। पूजाको समापनपछि भित्र दियो बालेर ग्यारेजलाई बन्द गरी तिनी घर गए। यसबीच दियो बल्दै गएर बिस्तारै ग्यारेजका सामानहरूलाई आफ्नो चपेटमा लियो। हेर्दा-हेर्दै आगो चारैतिर फैलियो। आगो बलेको देखेर स्थानीय मानिसहरूले घटनास्थलमा पुगे अनि आगोलाई निभाउने प्रयासमा जुटे।

आगोले नजिकैको पान दोकानलाई पनि आफ्नो चपेटमा लियो ज सले गर्दा दोकानमा राखिएका सबै सामानहरू जलेर खरानी भयो।

स्थानीय मानिसहरूले बताए, घटनाको सूचना बागबेड़ा पुलिस र फायर ब्रिगेडलाई दिइएको थियो, तर समयमा कोही आएन। बाध्यतावश स्थानीय मानिसहरूले पानीको बाल्टी र पाइपको माध्यमबाट आगोलाई नियन्त्रण गरे।

घटनापछि बागबेड़ा थानाको पुलिस मामिलाको जाँचमा जुटेको छ। स्थानीय मानिसहरूले माग गरेका छन्, पीड़ित दोकानदारलाई यथाशीघ्र क्षतिपूर्ति तथा राहत उपलब्ध गराइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande