विश्वकर्मा पूजाको दिन मेट्रोमा फेरि तकनिकी खराबी, यात्रीहरू समस्याग्रस्त
विश्वकर्मा पूजाको दिन मेट्रोमा फेरि तकनिकी खराबी, यात्रीहरू समस्याग्रस्त


कोलकाता, 17 सेप्टेम्बर (हि.स.)। विश्वकर्मा पूजाको बिहानै कोलकाता मेट्रोको ग्रीन लाइनमा ठूलो व्यवधान देख्न पा्इयो। हावड़ा मैदानदेखि सेक्टर फाइभसम्मको सेवा एक घण्टाभन्दा अधिक समयसम्म पूर्ण रूपले ठप्प रह्यो। यसले गर्दा यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो।

बुधवार बिहान लगभग 10 बजेर 35 मिनटमा ग्रीन लाइनमा अचानक तकनिकी समस्या आइलाग्यो। केही समयसम्म हावड़ा मैदानदेखि सेक्टर भाइफसम्मको सबै सेवा बन्द भयो। विश्वकर्मा पूजामा राज्य सरकारले छुट्टी घोषणा गरेको भए पनि निजी कार्यालयहरू खुल्लै छन्। त्यसैले बिहान ठूलो संख्यामा मानिसहरू आफ्नो गन्तव्य तर्फ हिँड़ेका थिए। बस र अटोको संख्या सड़कहरूमा त्यसै पनि कम थियो। यस्तो स्थितिमा मेट्रो बन्द भएपछि आम मानिसहरूको समस्या झन् बढ़्यो।

मेट्रो स्टेशनमा यात्रीहरूको भीड़ लगातार बढ़्दै गयो। मानिसहरूले बुझ्न सकिरहेका थिएनन् कि आखिर गड़बड़ी कहाँ भएको छ, किनभने उनीहरूलाई स्पष्ट जानकारी दिइएन। लगभग 12 बजेसम्म आंशिक रूपमा सेवा बहाल गरियो, तर अऩ्तिम समाचार लेखुञ्जेलसम्म मेट्रो सेवा पुूर्ण रूपले सामान्य हुन सकेको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande