जालेमा राजनीतिक संग्राम-पत्रकार प्रकरण पश्चात विधायक-मन्त्री जिबेश कुमारमाथि प्रत्याक्रमण
जालेमा राजनीतिक संग्राम-पत्रकार प्रकरण पश्चात विधायक-मन्त्री जिबेश कुमारमाथि प्रत्याक्रमण


दरभंगा, 17 सेप्टेम्बर (हि.स.)। जाले विधानसभा क्षेत्रमा भाजपा विधायक एवं मन्त्री जिबेश कुमार तथा राजद नेता ऋषि मिश्राबीच राजनीतिक द्वन्द्व तीव्र भएको छ।

राजदका सम्भावित प्रत्याशी ऋषि मिश्राले आरोप लगाए, मन्त्री जिबेश कुमारले व्यक्तिगत शत्रुतामा आफ्नै निकटवर्ती मिथिलेश भगतको माध्यमबाट एउटा नक्कली एफआईआर दर्ता गराएका छन्। ऋषिको भनाइ छ, मिथिलेश भगत स्वयं मन्त्रीका निकट सहयोगी हुन् र उनका मन्त्रीसित रहेका केही तस्वीरहरू सार्वजनिक पनि भएका छन्।

मिश्राले आरोप लगाए, यो कारबाही त्यस घटनाको सट्टामा हो जतिबेला केही दिनपूर्व एकजना पत्रकारद्वारा प्रश्न सोध्दा मन्त्रीले कुटपिट तथा अभद्रता गरेको आरोप लागेको थियो। त्यस मामिलामा पूर्व उपमुख्यमन्त्री एवं राजद नेता तेजस्वी प्रसाद यादवले थानामा सिकायत दर्ता गराएका थिए जसबाट मन्त्रीको छविलाई झट्का लागेको थियो।

स्थानीय राजनीतिक जगतमा भनाइ छ, जालेका जनताले अब मन्त्रीसित प्रश्न गर्न थालेका छन् जसबाट उनको छटपटी बढ़ेको छ। राजद नेताले दाबी गरेका छन्, झुटो मुद्दा दर्ता गरी यथार्थलाई दबाउन सकिँदैन। जनताले सबै कुरा देखिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande