रायपुरः केन्द्रिय मन्त्री अन्नपूर्ण देवीले रायपुरमा भगवान जगन्नाथको गरिन् दर्शन
रायपुरः केन्द्रिय मन्त्री अन्नपूर्ण देवीले रायपुरमा भगवान जगन्नाथको गरिन् दर्शन


रायपुर, 17 सेप्टेम्बर (हि.स.)। भारत सरकारकी महिला एवं बाल विकास मन्त्री अन्नपूर्णा देवी आफ्नो दुई दिवसीय छत्तिसगढ़ प्रवास अन्तर्गत बुधवार राजधानी रायपुरको गायत्री नगरस्थित जगन्नाथ मन्दिरमा आइपुगेकी छन्। उनले यहाँ भगवान जगन्नाथ, भगवान बलभद्र एवं देवी सुभद्राको दर्शन गरी पूजा-अर्चना गरिन्।

मन्दिर प्रांगणमा विधिवत पूजा गर्दै केन्द्रिय मन्त्रीले राज्य अनि देशवासीहरूको सुख-समृद्धि, सबैको उत्तम स्वास्थ्य तथा उज्जवल भविष्यको कामना गरिन्। यस अवसरमा उनले भनिन्, भगवान जगन्नाथको कृपाले छत्तिसगढ़ सहित सम्पूर्ण भारतमा शान्ति, समृद्धि औ विकासको मार्ग प्रशस्त हुनेछ।

यस अवधि छत्तीसगढ़ सरकारकी महिला एवं बाल विकास मन्त्री लक्ष्मी राजवाड़े औ विधायक पुरन्दर मिश्रा पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande