रायपुर, 17 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री विष्णु देव सायसित आज बुधवार राजधानी रायपुरस्थित मुख्यमन्त्री निवासमा केन्द्रिय महिला एवं बाल विकास मन्त्री अन्नपूर्णा देवीले सौजन्य भेट गरिन्।
मुख्यमन्त्री सायले केन्द्रिय महिला एवं बाल विकास मन्त्री अन्नपूर्णा देवीसित छत्तीसगढ़मा महिला सशक्तिकरण तथा बाल-बालिकाहरूको पोष एवं शिक्षासित सम्बन्धित प्रयासहरूको जानकारी साझा गरे। उनले आशा व्यक्त गरे, केन्द्र एवं राज्य सरकारले मिलेर यी क्षेत्रहरूमा अझ बढ़ी प्रभाकारी कार्य गर्नेछ।
यस अवसरमा प्रदेशकी महिला एवं बाल विकास मन्त्री लक्ष्मी राजवाड़े, छत्तीसगढ़ राज्य बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष वर्णिका शर्मा उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा