यूथ म्याराथनलाई हरियो झण्डी देखाएर मुख्यमन्त्री ना्यब सिंह सैनीले स्वच्छता अभियानको शुरूआत गरे
यूथ म्याराथनलाई हरियो झण्डी देखाएर मुख्यमन्त्री ना्यब सिंह सैनीले स्वच्छता अभियानको शुरूआत गरे


-मुख्यमन्त्रीले यूथ म्याराथनमा भाग लिनेहरूमाथि फूलको वर्षा गराएरोहतक, 17 सेप्टेम्बर (हि.स.)। प्रदेशका मुख्यमन्त्री नायब सिंह सैनीले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसरमा बुधवार बिहान रोहतकमा सेवा पखवाड़ा अन्तर्गत स्वच्छता अभियानको शुभारम्भ गरे। सेवा पखवाड़ा अऩ्तर्गत 17 सेप्टेम्बरदेखि आगामी 2 अक्टोबरसम्म राज्यभरि नै विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिनेछ।

सुभाष चौकमा मुख्यमन्त्री स्वयंले पनि श्रमदान गरे अनि मानिसहरूलाई स्वच्छतालाई अप्नाउनका लागि प्रेरित गरे। मुख्यमन्त्रीले एउटा रूख आमाको नाम अभियान अन्तर्गत मानसरोवर पार्कमा बिरूवा पनि रोपे। पछि मुख्यमन्त्रीले सुभाष चौकबाट नशामुक्त हरियाणाको यूथ म्याराथनलाई झण्डा देखाएर प्रस्थान गराए। यो म्याराथन महर्षि दयानन्द विश्वविद्यालयको प्रवेश द्वारमा पुगेर सम्पन्न भयो। मुख्यमन्त्रीले युवाहरूलाई नशादेखि टाड़ा बस्ने शपथ दिलाए।

यस अवसरमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री नायब सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिवसको शुभकामना दिए। उनले भने, एघार वर्षमा प्रधानमन्त्रीले भारतलाई सशक्त बनाउने काम गरेको छ। देशलाई विकास गर्नको लागि उनको मनमा जोश छ। नरेन्द्र मोदीले भारतलाई विश्वभरि नै सम्मान दिलाउने काम गरेका छन्। उनकै कारणले आज देशमा हरेक वर्गको मुहारमा मुस्कान आएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande