श्रीनगर, 17 सेप्टेम्बर (हि.स.)। श्रीनगर-जम्मू राष्ट्रिय राजमार्ग विगत लामो समयदेखिकै बन्द रहेको अवस्थामा रेलवेको माध्यमबाट यस सिजनमा उपत्याकाबाट लगभग दुई हजार टन सेब बाहिरका मण्डीहरूमा पुऱ्याइसकिएको छ। पछिल्लो सप्ताहदेखि 1,25,376 सेबका पेटीहरूलाई ट्रेन मार्फत पठाइएको छ जसमध्ये अधिकांश दिल्लीको लागि रहेको छ।
कश्मीर उत्तरी रेलवेका मुख्य क्षेत्र प्रबन्धक साकिब यूसुफले बताए, अऩन्तनागदेखि 350 टन, 650 टन र 376 टडन सेब पहिला नै अलग-अलग खेपमा लोड गरेर पठाइसकिएको छ। उनले भने, बडगामबाट लगभग 6 सय टन पठाइएको छ। अनन्तनाग रेलवे स्टेशनबाट 87,137 बक्सा पठाइयो भने बडगाम रेलवे स्टेशनबाट 38,239 बक्सा पठाइयो।
कश्मीर भारतको 70 प्रतिशतभन्दा अधिक सेब उत्पाद गर्ने राज्य हो र पछिल्लो वर्षको फसल 20.4 लाख मीट्रिक टन दर्ता गरिएको थियो। तथापि सेब उद्योग अहिले पनि श्रीनगर-जम्मू राजमार्गको दयामाथि नै निर्भर छ जसलाई सदैव बन्दको सामना गर्नुपर्छ। पछिल्लो महिना घना वर्षा र पैह्रोको कारणले राजमार्ग दुई सप्ताहसम्म बाधित भएको थियो जसबाट सयकड़ौं करोड़ रुपियाँको सेबले भरिएको ट्रक सड़कमा फस्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा