बीजेवाईएमले नाम्चीमा 'नमो युवा रन' आयोजन गऱ्यो
बीजेवाईएमले नाम्चीमा 'नमो युवा रन' आयोजन गऱ्यो


गान्तोक, 21 सेप्टेम्बर (हि.स.)। भारतीय जनता युवा मोर्चा (बीजेवाईएम) ले आज नाम्चीमा 'नमो युवा रन' आयोजन गऱ्यो। यस कार्यक्रममा राज्यभरिबाट 480 भन्दा धेरै धावकहरू सहभागी बने। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिबाट प्रेरित सेवा, समर्पण र युवा शक्तिको मूल्यहरूको सम्झना गर्दै सेवा पखवाडाको एक भागको रूपमा दौड आयोजना गरिएको बीजेवाईएमले आज विज्ञप्तिमा बताएको छ।

'युवा शक्ति, राष्ट्र शक्ति- नशामुक्त भारत, नशामुक्त सिक्किम' को भावनाका साथ आयोजित नमो युवा रनले राज्यका चारैतिरबाट युवाहरूलाई एउटा मञ्चमा ल्याएको थियो भने युवाहरूले इतिहास रच्ने आफ्नो सामूहिक शक्ति र दृढ संकल्प प्रदर्शित गरे।

यस भव्य कार्यक्रमको सफल आयोजनाले राष्ट्र निर्माणमा युवाहरूलाई संलग्न गराउने आफ्नो अभियानलाई निरन्तरता दिने बीजेवाईएम सिक्किमको संकल्पलाई अझ बलियो बनाएको बताइएको छ। बीजेवाईएमले सबै प्रतिभागीहरू, स्वयंसेवकहरू र समर्थकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ।

कार्यक्रममा भाजपा सिक्किमका उपाध्यक्ष दिनेश नेपाल, महासचिव अर्जुन राई, पाकिम जिल्ला अध्यक्ष प्रेम छेत्री तथा पार्टीका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande