जीएम गुरूङ पूर्व विधायक परिसंघ सिक्किमको नयाँ अध्यक्ष मनोनित
जीएम गुरूङ पूर्व विधायक परिसंघ सिक्किमको नयाँ अध्यक्ष मनोनित


गान्तोक, 25 सेप्टेम्बर (हि.स.)। पूर्व मन्त्री जीएम गुरूङ पूर्व विधायक परिसंघ सिक्किमको नयाँ अध्यक्षको रूपमा मनोनित भएका छन्। राजधानी गान्तोकस्थित जनता भवनमा आज बसेको परिसंघको वार्षिक साधरण सभामा पूर्व मन्त्री गुरूङलाई अध्यक्षको पदमा सर्वसम्मतिले मनोनित गरियो।

बैठकपछि पूर्व अध्यक्ष डीबी ठटालले नवमनोनित अध्यक्षलाई बधाई तथा सुखद कार्यकालको लागि शुभकामना दिए। परिसंघको पुरानो कमिटी विघटन गरी नयाँ समिति गठन गरिएको छ भने कार्यकारी समितिको कार्यकाल तीन वर्षको रहने बताइएको छ। नवगठित समितिमा उपाध्याक्ष फरवन्ती तामाङ र सोनाम दोर्जी, महासचिव टी. डब्ल्यु बस्नेत, सचिव भीम ढुङ्गेल र एके घतानी तथा कोषाध्याक्ष श्याम प्रधान रहेका छन्।

नवनियुक्त अध्यक्ष जीएम गुरूङले पुरानो समितिका सम्पूर्ण सदस्यहरूको योगदानको प्रशंसा गर्दै सबैको सहयोग र समन्वयमा परिसंघलाई अघि बढाएर लैजाने प्रतिबद्वता जाहेर गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा पूर्व विधायक परिसंघ र पूर्व विधायकहरूको कल्याण हेतु गरिएका पहलहरूको निम्ति पनि हार्दिक आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande