मानसिक अवसादमा छोराले सुतिरहेकी आमामाथि गऱ्यो हमला
मानसिक अवसादमा छोराले सुतिरहेकी आमामाथि गऱ्यो हमला


नदिया, 25 सेप्टेम्बर (हि.स.)। जिल्लाको तेहट्ट थाना अन्तर्गत बेताई दक्षिण जीतपुरमा बुधवार अबेर राति एक युवकले आफ्नी सुतिरहेकी आमामाथि बञ्चरोले हमला गऱ्यो।

पुलिस सूत्रहरू अनुसार, घाइते वृद्धाको नाम अर्चना दास हो। राति लगभग 2 बजी उनको छोरा फेला दासले अचानक बञ्चरो लिएऱ आमामाथि अन्धाधुन्ध हमला गर्नथाल्यो। यसपछि उसले हालमा किनेको आफ्नो अटोमा पनि आगो सल्काएर भाग्यो। महिलाको चित्कार सुनेर औं आगो जलेको देखेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे। उनीहरूले गम्भीर अवस्थामा घाइते महिलालाई तुरन्तै तेहट्ट महकुमा अस्पतालमा पुऱ्याए। अवस्था गम्भीर भएको देखेर महिलालाई त्यहाँबाट शक्तिनगर जिल्ला अस्पताल स्थानान्तरित गरियो, जहाँ उनको उपचार भइरहेको छ। घटना भएको केही बेरपछि नै आरोपी छोरा बञ्चरो लिएर ट्राफिक गार्ड कार्यालय पुग्यो र आत्मसमर्पण गऱ्यो। पुलिसले उलाई तुरन्तै पक्राउ गऱ्यो।

स्थानीय सूत्रहरूको भनाई छ, फेला दास लामो समयदेखि मानसिक समस्याहरूसित जुझिरहेको थियो र प्रायः घऱमा झगड़ा गर्नेगर्थ्यो। हालमा उसले एक अटो किनेको थियो तर सही ढंगले भाड़ा नपाएको कारण उ अवसादमा थियो। यही तनाव र आमासित भएको झगड़ाको कारण उसले यो कदम उठायो। अहिले पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande