जोधपुर, 25 सेप्टेम्बर (हि.स.)। पुलिस कन्स्टेबल भर्ती परीक्षामा सामेल एक मूल अभ्यर्थी आफ्नो एक परिचितको निम्ति यहाँ पटवारी परीक्षामा डमीको रूपमा सामेल भएको थियो। फोटो मिलानबाट उ पक्रा पऱ्यो। राजस्थानको बारां जिल्ला, कोतवाली थानाबाट प्राप्त जीरो नम्बर एफआईआरमा अब चौपासनी हाउसिङ बोर्ड थानामा परीक्षा अधिनियमको केस दर्ता गरिएको छ। जाँच एडीसीपी वेस्ट रोशन मीनाको तर्फबाट गरिँदैछ।
पुलिस अनुसार, फलोदी जिल्लाको भींयासर स्थित सुभाष नगर गान्धी सागर निवासी अनिल पुत्र नैनाराम विश्रोई 14 सेप्टेम्बरमा पुलिस कन्स्टेबल भर्ती परीक्षामा आफै अभ्यर्थी थियो र परीक्षा दिएको थियो। यसबारे सम्बन्धित परीक्षा एजेन्सीको नाम राजकीय बालिका उच्च माध्यमिक विद्यालय श्रीराम स्टेडियम बारांमा प्रथम पारी (समय 10 बजीदेखि 12 बजी) मा थियो। फोटो अनिलको आधार कार्ड नम्बर र आवेदन फारममा लागेको फोटोको मिलान अभ्यर्थी अनिलसित सही पाइयो।
तर अभ्यर्थी अनिलसित पटवारी परीक्षा-2025, 15 अगस्तमा आय़ोजित लिखित परीक्षामा अन्य अभ्यर्थी जितेन्द्र सिंहको सम्बन्धमा भएको बायोमेट्रिकबारे सोधपुछ गर्दा अनिललाई पटवारी परीक्षामा डमीको रूपमा पाइय़ो। उसको सेन्टर तब जोधपुरको चौपासनी हाउसिङ बोर्ड स्थित सेक्टर 20 मा एसेन्ट सीनियर सेकेन्डरी स्कूलमा थियो। अनिल फर्जी रूपमा जितेन्द्र सिंहको स्थानमा पटवारी परीक्षामा सामेल भएको थियो। चौपासनी हाउसिङ बोर्ड पुलिसले यस सम्बन्धमा प्रकरण दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी