बरेली, 25 सेप्टेम्बर (हि.स.)। एसटीएफ बरेलीले ठूलो सफलता हासिल गर्दै दुई लाख इनामी अपराधी सुमितलाई पक्राउ गऱ्यो। वर्ष 2015 मा उ मुरादाबादको राजनेता एवं तत्कालीन ब्लक प्रमुख डिलारी योगेन्द्र उर्फ भूराको हत्या मामिलामा जेल गएको थियो। वस्तुतः 2014 मा सुमितको दाज्यू रिंकूको हत्याको आऱोप भूरा र उसका साथीहरूमाथि लागेको थियो। यसैको प्रतिशोध लिन उले यस घटनालाई परिणाम दिएको थियो।
सुमित 12 मई 2018 मा जिल्ला जेल बदायूको पर्खाललाई डोरीको सहयोगले नाघेर भागेको थियो। यसपछि उ दिल्ली, मेरठ, तमिलनाडु, असम, नेपाल र उड़ीसामा नाम बदली गरेको लुकेर बसिरह्यो। उसले शुभम शर्माको नामले फर्जी आधार कार्ड पनि बनाएको थियो। पीलीभीत-टनकपुर मार्गदेखि एक पल्ट फेरि नेपाल भाग्ने दाउमा थियो तर यस अगावै एसटीएफले उलाई समात्यो।
सर्विलान्सदेखि बच्नमा खप्पिस सुमितले आफन्तहरूसित कहिलेपनि फोन वा सोशल मीडियामा सोझो सम्पर्क गर्थेन। आफऩ्तहरू पुलिसकर्मी भएकोले उलाई सर्विलान्स तकनीकको जानकारी भइसकेको थियो। उसको गिरफ्तारीलाई पुलिसको ठूलो सफलता मानिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी