'नमो रन'-ले विकसित दिल्ली र नशामुक्त भारतको सन्देश दियोः रेखा गुप्ता
'नमो रन'-ले विकसित दिल्ली र नशामुक्त भारतको सन्देश दियोः रेखा गुप्ता


नयाँ दिल्ली, 28 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ता आज कनट प्लेसको सेन्ट्रल पार्कमा आयोजित नमो रनमा मुख्य अतिथिको रूपमा सामेल भइन्। यस अवसरमा उनीसित दिल्लीका शिक्षा मन्त्री आशिष सूद पनि उपस्थित थिए। मुख्यमन्त्रीले भनिन्, विकसित दिल्ली औ नशामुक्त भारतको सन्देश बोकेर नमो रनमा दिल्लीका हजारौं बाल-बालिका एवं युवाहरूले भाग लिए।

मुख्यमन्त्रीले बताइन्, मुख्यमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको उपलक्ष्यमा संचालित सेवा पखवाड़ा अन्तर्गत आज आयोजित नमो रनमा 7 हजार 5 सयभन्दा अधिक विद्यार्थीहरूले 15 वटा स्थानमा 75 किलोमीटरको दौड़मा भाग लिरहेका छन्। यो एउटा रन मात्र होइन जबकि युवाशक्तिको जागरण तथा नयाँ भारतको ऊर्जा पनि हो। उनले भनिन्, सबै बालबालिका तथा युवाहरूको यो उत्साह अनिसंकल्प हाम्रो राष्ट्रको सबैभन्दा ठूलो शक्ति अनि अनमोल धरोहर हो।

मुख्यमन्त्रीले भनिन्, शहीद-ए-आजम भगत सिंहको जयन्तीमा हामी सबैले मिलेर यो प्रण गरौं कि उनको साहस अनि बलिदानबाट प्रेरणा लिएर भारतलाई आत्मनिर्भर तथा विकसित राष्ट्र बनाउनेछौं।

यसरी नै मन्त्री आशीष सूदले भने, दिल्लीका 7500 युवाहरूले 75 किलोमीटर दौड़ेर विकसित दिल्लीको संकल्पलाई पूरा गर्न आएका छन्। आजको दिन ऐतिहासिक छ र यो दिन नशाविरूद्ध, प्रदूषणविरूद्ध, विकसित दिल्ली बनाउने दिन हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande