दुर्गा पूजापूर्व भाजपाको प्रवासी बंगालीहरूसित सम्वाद अभियान, तृणमूललाई दिनेछ जवाफ
दुर्गा पूजापूर्व भाजपाको प्रवासी बंगालीहरूसित सम्वाद अभियान, तृणमूललाई दिनेछ जवाफ


कोलकाता, 03 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले आगामी चाड़-पर्वको सिजन विशेष गरी दुर्गा पूजादेखि शुरू हुने

समयमा एक विशेष अभियान शुरू गर्ने निर्णय लिएको छ। यस अभियान अन्तर्गत पश्चिम बंगाल भाजपाका शीर्ष नेताहरूले देशभरिका विभिन्न राज्यहरूको दौड़ाह गरी त्यहाँ बसोबास गर्दै आइरहेका बंगला भाषी प्रवासी श्रमिकहरूसित सोझो सम्वाद गर्नेछन्।

भाजपाको यो पहल तृणमूल कंग्रेस (टीएमसी)-का ती आरोपहरूको जवाफमा हो जसमा भनिएको छ, भाजपाशासित राज्यहरूमा प्रवासी बंगालीहरूसित उत्पीड़न तथा भेदभाव गरिन्छ। पार्टीको रणनीति छ, प्रवासीहरूसित प्रत्यक्ष बातचितको माध्यमबाट वास्तविक स्थितिलाई सामु ल्याउनु।

पार्टी अनुसार, शुरुआती योजनामा पश्चिम बंगाल भाजपाका मोठ 27 जना वरिष्ठ नेताहरूको नाम तय गरिएको छ जसमा सांसद अनि विधायकहरू पनि सामेल छन्। यी नेताहरूले दुर्गा पूजादेखि लिएर आगामी अन्य उत्सवहरू अवधि अलग-अलग राज्यको यात्रा गरेर प्रवासी बंगालीहरूको रोजगारको स्थिति, आय एवं उनीहरूको अनुभवलाई प्रत्यक्ष रूपमा दर्ता गर्नेछन्। आवश्यकता परे प्रतिनिधिमण्डलको आकारलाई अझ बढ़ाइनेछ।

भाजपाको मान्यता छ, यस सम्वादबाट यो स्पष्ट हुनेछ कि प्रवासी श्रमिकहरू आफ्नो घर-परिवारलाई छोड़ेर अन्य राज्यहरूमा रोजगारको खीजमा किन जान्छन्। यसको साथै उनीहरूबाट यो बुझ्ने-जान्ने चेष्टा पनि गरिनेछ कि के पश्चिम बंगालमा कुनै सरकारी वा निजी संस्थाले उनीहरूलाई त्यति वेतन दिन सक्दैन जति उनीहरूले अन्य राज्यहरूमा कमाइरहेका छन्। पार्टीले यो पनि जानकारी लिनेछ, पश्चिम बंगाल र अन्य राज्यहरूमा आयमाझ कति अन्तर छ। के उनीहरूलाई भाषाको आधारमा कार्यस्थल वा प्रशासनिक स्तरमा कहिल्यै भेदभावको सामना गर्नु पऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande