पञ्जाब बाढ़ी पीड़ितहरूको लागि राहत सामग्री लिएर पुगे सौरभ भारद्वाज
पञ्जाब बाढ़ी पीड़ितहरूको लागि राहत सामग्री लिएर पुगे सौरभ भारद्वाज


नयाँ दिल्ली, 3 सेप्टेम्बर (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक अरविन्द केजरीवालको निर्देशमा दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाज बुधवार पञ्जाबका बाढ़ी प्रभावित मानिसहरूको लागि राहत सामग्री लिएर पुगे।

यस अवसरमा सौरभ भारद्वाजले सोशल मीडिया एक्समा पोस्ट गर्दै भने, पञ्जाबले अहिलेघरि भीषण बाढ़ीको मार झेलिरहेको छ। यहाँका मानिसहरूको फसल र पशुधन डुबेर व्यापक नोक्सान भएको छ। उनले बताए, अरविन्द केजरीवालको निर्देशमा दिल्लीबाट राहत सामग्रीको खेप पठाइएको छ। आवश्यकतामा परेका मानिसहरूलाई सेवा पुऱ्याइनेछ।

सौरभ भारद्वाजले भने, पञ्जाब सरकार, मन्त्री एवं स्थानीय मानिसहरू लगातार राहत कार्यमा जुटिरहेका छन्। गए मंगलवार दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले पनि सबैसित अपील गरेका थिए, यस आपदको घड़ीमा पञ्जाबका मानिसहरूको सेवामा अगाड़ि आऔं। साथै पञ्जाबका बाढ़ी प्रभावित मानिसहरूको सहयोगको निम्ति देशवासीहरूसित राहत सामग्री दिने अपील गरेका थिए।

उनले भने, पञ्जाबी तथा सिख दाज्यु-भाइहरूले हरेक आपदको समयमा सबैभन्दा पहिला लंगर खोलेर सेवा गर्दछन्। त्यसैले आज देशभरिका मानिसहरूले पञ्जाबको लागि आफ्नो सहयोग पुऱ्याइरहेका छन्। भारद्वाजले बताए, राहत कार्यमा आरडब्ल्यूडी एवं व्यापारीहरूले पनि आफ्नो स्तरमा सहयोग गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande