
चण्डीगढ़, 17 जनवरी (हि.स.)। पञ्जाबको बठिन्डामा शनिवार भएको भयानक सड़क दुर्घटनामा एक महिला पुलिसकर्मी सहित पाँच जनाको मृत्यु भएको छ। बिहानको बाक्लो कुहिरोका कारण दुर्घटना भएको हो।
बठिन्डाका पुलिस अधीक्षक (शहर) नरिंदर सिंहले बताए, खल्तीमा भेटिएका आधार कार्ड र अन्य परिचयपत्रका आधारमा मृतकहरूको पहिचान गुजरातको बनासकांठाका अर्जुन, सतीश, जनक, भरत र अमिता बानको रूपमा गरिएको छ।
उनीहरू गुजरातबाट शिमला घुम्न आएका थिए र फर्कने क्रममा बठिन्डामा रोकिएका थिए। आज बिहान डबवालीतर्फ जाँदै गर्दा यो दुर्घटना घट्यो। बाक्लो कुहिरोका कारण चालकले नियन्त्रण गुमाए र कार डिभाइडरसित ठोक्कियो।
पुलिस अनुसार, अमिता गुजरात पुलिसमा हवल्दारको रूपमा कार्यरत थिइन्। पुलिसले मृतकका परिवारलाई जानकारी गराइएको र थप अनुसन्धान भइरहेको बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी