अम्बिकागिरि रायचौधुरीको पुण्यतिथिमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
अम्बिकागिरि रायचौधुरीको पुण्यतिथिमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 2 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार महान स्वतन्त्रता सेनानी, साहित्यकार औ समाजसेवी अम्बिकागिरि रायचौधुरीको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, अम्बिकागिरि रायचौधुरी 20औं शताब्दिमा असमका एकजना विशिष्ट व्यक्तित्व थिए जसले कवि, गीतकार, गायक, गद्य लेखक, पत्रकार, पत्रिका सम्पादक औ समाजसेवकको रूपमा उल्लेखनीय योगदान दिए। उनी भारतको स्वतंत्रता संग्रामका एकजना निर्भीक औ सशक्त सेनानी पनि थिए।

डा. सरमाले स्मरण गरे असम अनि असमिया समाजका हितहरूको लागि सशक्त आवाज उठाउने तथा जनजागरणको चेतना फैलाउने उनका अथक प्रयासहरूको लागि उनलाई ‘असम केशरी’- को उपाधिद्वारा सम्मानित गरियो।

मुख्यमन्त्रीले भने, अम्बिकागिरि रायचौधुरीको जीवन, उनको आदर्श एवं रचनाहरूले आज पनि पिँढ़ीहरूलाई राष्ट्रसेवाको लागि प्रेरित गर्दछ। यस पावन अवसरमा उनले दिवंगत आत्मालाई शत्-शत् नमन् गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande