भिड़न्तमा 25 हजार इनामी पक्राउ
भिड़न्तमा 25 हजार इनामी पक्राउ


बलिया, 02 जनवरी (हि.स.)। उत्तर प्रदेशको जिल्ला बलियाको नरही थाना पुलिसले बिहिवार अबेर राति भिड़न्तमा 25 हजार इनामी बदमाशलाई पक्राउ गरेको छ। खुट्टामा गोली लागेको कारण उसलाई जिल्ला अस्पतालमा भर्ती गराइयो।

अपर पुलिस अधीक्षक (दक्षिण) कृपाशंकरले शुक्रवार बिहान जानकारी गराए, बिहीवार मध्यरातमा नरही थाना पुलिस टीमले नरही-कारो सड़क नजिकै चेकिङ अभियान सञ्चालन गरिरहेको थियो। सोही अवधि पुलिस टीमले एक शंकास्पद व्यक्तिलाई रोक्न संकेत गर्दा उ भाग्नथाल्यो। उसलाई पछ्याउँदा उसले पुलिस पार्टीमाथि नै गोली चलायो। पुलिसको जवाबी कारबाहीमा बदमाशको खुट्टामा गोली लाग्यो र उसलाई पक्राउ गरियो।

अभियुक्तको पहिचान नरही थाना क्षेत्रको तेतारपुर निवासी फजल उर्फ करियाको रूपमा गरिएको छ। उ विरूद्ध नरहीमा गौ वध निवारण अधिनियम अन्तर्गत मुद्दा दर्ता छ, जसपछि उमाथि 25 हजार रूपियाँको पुरस्कार घोषणा गरिएको थियो।

एएसपीले घाइते अपराधी फजल उर्फ करियालाई उपचारको लागि सदर अस्पतालमा भर्ती गराइएको बताए। उदेखि जिउँदो कारतूस सहित पेस्तोल जफत भएको छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande