बन्द कोठामा भेटियो दुई युवकको शव
बन्द कोठामा भेटियो दुई युवकको शव


फिरोजाबाद, 02 जनवरी (हि.स.)। थाना नारखी क्षेत्र अन्तर्गत एक पेट्रोल पम्पमा काम गर्ने दुई कर्मचारीको मृत्यु भएको छ। शुक्रवार जेनेरेटर कोठामा उनीहरूको शव फेला पऱ्यो। पहिलो नजरमा मृत्युको कारण जेनेरेटरको धुवाँले निस्सासिएर भएको मानिन्दैछ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

इटावा जिल्लाको रूपपुरा गाउँका निवासी चन्देल सिंहका छोरा सागर र राजेन्द्र सिंहका छोरा मोहित नारखी थाना क्षेत्रको आसन चौरस्ता स्थित एउटा पेट्रोल पम्पमा काम गर्थे। सदा झैं बिहीवार राति काम सकेर उनीहरू आफ्नो कोठामा सुत्न गए। कोठामा जेनेरेटर चलिरहेको थियो। शुक्रवार जब उनीहरू लामो समयसम्म उठेनन्, तब पुलिसलाई खबर गरियो। घटनास्थलमा भीड़ जम्मा भयो। पुलिसले कोठा खोल्यो र उनीहरूलाई तुरुन्तै उपचारको लागि अस्पताल पठाइयो, जहाँ डाक्टरले उनीहरूलाई मृत घोषित गरे। पुलिसले फोरेन्सिक टोली बोलाएर घटनास्थलबाट प्रमाण सङ्कलन गरेको छ। मृतकका परिवारलाई घटनाबारे जानकारी गराइएको छ।

अपर पुलिस अधीक्षक रविशंकर प्रसादले भने, पेट्रोल पम्पमा काम गर्ने दुई कर्मचारी बन्द कोठामा मृत फेला परे। प्रारम्भिक अनुसन्धानमा दुवै जनाको कोठामा रहेको जेनेरेटरबाट निस्केको धुवाँका कारण निसास्सिएर मृत्यु भएको देखिएको छ। मृत्युको सही समय र कारण पोस्टमार्टम रिपोर्टबाट थाहा लाग्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande