
गान्तोक, 02 जनवरी (हि.स.)। जोरथाङमा आयोजना हुन लागिरहेको 71औं माघे संक्रान्ति मेला 2026 मा क्लासिक परम्परागत प्रदर्शनीको तयारीलाई लिएर चर्चा गर्न आज राजधानीको स्थानीय एक होटलमा सिक्किमका 21 समुदायका प्रतिनिधिहरूको एक समन्वय बैठक आयोजन गरियो। मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङको अध्यक्षतामा बसेको बैठकमा इकोसका अध्यक्ष डा. एसके राई, सिक्किम कला, संस्कृति एवं धरोहर विकास बोर्डका अध्यक्ष संजय दिलपाली राई, संस्कृति विभागका ओएसडी भवानी घिमिरे लगायत 21 समुदायका प्रतिनिधिहरू र आयोजक समितिका सदस्यहरू उपस्थित थिए।
बैठकमा यसलाई सिक्किमको समृद्ध र विविध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने मञ्चको रूपमा उल्लेख गर्दै क्लासिक परम्परागत प्रदर्शनीको सांस्कृतिक महत्वको बारेमा विस्तृत छलफल गरियो। बैठक कार्यक्रमको सफल सञ्चालन सुनिश्चित गर्न समन्वय रणनीतिहरूमा केन्द्रित रहेको बताइएको छ जसमा सबै सहभागी समुदायहरूले सक्रिय सहभागिताप्रति उत्साह र प्रतिबद्धता व्यक्त गरे।
बैठकमा उपस्थित प्रतिनिधिहरूले सामूहिक रूपमा मुख्यमन्त्रीको दृष्टिकोणको प्रशंसा गरे र सिक्किमका जनतामाझ परम्परागत संस्कृति र एकता प्रवर्द्धन गर्न उनको विचारशील नेतृत्वको लागि कृतज्ञता व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल