
गान्तोक, 02 जनवरी (हि.स.)। बर्फुङ निर्वाचन क्षेत्रमा एसडीएफ पार्टी त्यागेर 31 घर परिवार सत्तारुढ़ एसकेएम पार्टीमा सामेल भएका छन्। एसकेएम पार्टीद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो दाबी गरिएको छ।
बर्फुङ निर्वाचन क्षेत्रको बर्फुङ जारोङ जीपीयू अन्तर्गत आनेथाङ वार्डमा आज एसकेएम पार्टीको एक समन्वय बैठक एवं सामेल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव विष्णु शर्मा, जिल्ला पञ्चायत जशोदा छेत्री लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
बैठकमा क्षेत्र विधायक, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव तथा अन्यहरूले सम्बोधन गरे। यस अवसरमा कूल 31 घर परिवार विपक्षी एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भए। उनीहरूले मिसन २०२९ प्रति सामूहिक दृष्टिकोणका साथ पार्टीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल