
सोनादा, 02 जनवरी (हि.स.)। राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरुले नयाँ वर्षको पहिलो दिन प्रकृतिलाई दिए। यस क्रममा राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरुले पर्यटकीय स्थलहरूमा प्लास्टिक र मैलाहरु संकलन गरेका छन्।
यस ग्रुपका सदस्यहरुले राजाहट्टादेखि पश्चिम पारमेन चेकपोस्ट हुँदै चटकपुर, तीनमाइल र सोनादा छुटिने तीनबाटो स्थल तथा लालखुट्टीसम्म प्लास्टिक मैला संकलन गरे। ग्रुपका सभापति विशाल राईअनुसार, गत 21 दिसम्बर आयोजित डोको ट्रेल रनको प्रारम्भिक रुटमध्ये यही इलाका जो सिञ्चेल वन्यजीव अभयारण्यमा पर्ने गर्छ, वन्यजीव इलाकाको सफाईसँगै पहिलो जनवरीमा पर्यटकहरूसँगै स्थानीयहरु घुम्न अनि बनभोज खेल्न चटकपुर जाने भएकाले विशेषगरी पश्चिम पटरमेन फरेष्ट चेकपोस्टदेखि लालखुट्टीसम्मको जंगल क्षेत्रभित्र आगजनी हुनसक्ने तथा फोहोर मैला गर्नसक्ने सम्भावनालाई लिएर वन विभागकै अपीलमा राजाहट्टालाई प्रतिनिधित्व गर्दै राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरु स्वंयसेवीका रुपमा खटिएका थिए।
सभापति राईले भने, मौजमस्ती जहिले पनि गर्न सकिन्छ। तर वर्षको पहिलो दिन मनोरञ्जनमै मात्र नबिताएर यो दिनलाई विशेष काममा लाउन सके समाजको कल्याण गर्न सकिन्छ। एक्सप्लोर ग्रुपले स्थापनादेखि नै सरसफाइ र फोहोर प्रबन्धनमाथि कार्य गरिरहेको छ। यही क्रमलाई अघि बडाउदै यस दिन प्रकृतिलाई नै दिएको तथा बन विभागसित सहकार्य गर्ने अवसर मिलेको बताए।
हिन्दुस्थान समाचार / हनोक