
खरसाङ, 02 जनवरी (हि.स.)। खरसाङ खण्ड अन्तर्गत गाडीधुरा ब्याडमिन्टन क्लबको आयोजना आगमी 10 अनि 11 जनवरीका दिन भेटरन ओपन नकआउट ब्याडमिन्टन टुर्नामेन्ट हुने भएको छ। क्लबको पक्षबाट अनुप रामुदामुले आज पत्रकारहरुलाई सम्बोधन गर्दै उक्त जानकारी दिए।
उनले बताए अनुसार, यस प्रतियोगितामा भाग लिन इच्छुकहरूले आगामी 8 जनवरी, 2026 सम्ममा आफ्नो नाम दर्ता गराउनु पर्नेछ। प्रतियोगिताको फिक्स्चर 9 जनवरी दिउँसो 12 बजी सार्वजनिक गरिने छ।
उनले यस विषयमा थप जानकारीका लागि क्लबका सदस्यहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन्। यस प्रेस भेलामा क्लबको पक्षबाट कुनाल छेत्री, विशाल देवन, योगेन छेत्री, जीवन थापा, रमेश राई, अजय छेत्री आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक