
खरसाङ, 02 जनवरी (हि.स.)। बलिवुड अभिनेता तथा भारतीय जनता पार्टीका शीर्ष नेता मिथुन चक्रवर्तीले आगामी 4 जनवरीको दिन खरसाङको जनसभालाई सम्बोधन गर्ने जानकारी प्राप्त भएको छ। दादा साहेब फाल्के पुरस्कार विजेता मिथुन चक्रवर्तीले 4 जनवरीको दिन खरसाङमा भारतीय जनता पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्ने बताइएको छ।
भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला महासचिव सोनाम लामा, जिल्ला सचिव बिनय प्रसाद र जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले जानकारी गराए अनुसार, आगामी 4 जनवरीको दिन बिहान 10 बजीदेखि खरसाङको मोटर स्ट्याण्डमा हुने भाजपाको जनसभालाई मिथुन चक्रवर्तीले सम्बोधन गर्नेछन्। मिथुन चक्रवर्ती उत्तर बङ्गालको पार्टीगत पाँच दिने भ्रमणमा बिहिवार बागडोगरा आइपुगेका छन्।
उनी सिलगढीमा एक रात बिताएर आज कुचबिहार गएका छन्। त्यसपछि 4 जनवरीको दिन खरसाङको मोटर स्ट्यान्डमा भारतीय जनता पार्टीद्वारा आयोजित जनसभामा भाग लिन आउने छन्। उनी 5 जनवरीमा मुम्बई फर्कनेछन्।
हिन्दुस्थान समाचार / हनोक