
कोलकाता, 02 जनवरी (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण अर्थात एसआईआर प्रक्रिया अन्तर्गत पश्चिम मेदिनीपुर जिल्लाको चार ग्राम पञ्चायतमा निर्वाचन आयोगलाई ओड़िया भाषाका दुईभाषी औ अनुवादकलाई तैनाथ गर्न परेको छ। यी ग्राम पञ्चायतहरू दाँतन र मोहनपुर विकास खण्ड अन्तर्गत पर्दछन् जो ओडिसाको सीमामा अवस्थित छन्।
निर्वाचन आयोगको मुख्य निर्वाचन अधिकारी कार्यालयका एक जना वरिष्ठ अधिकारीले बताए, यी ग्राम पञ्चायतहरूमा ठूलो संख्यामा ओड़ियाभाषी मतदाताहरू छन्। त्यसैले मतदाता सूचीसित सम्बन्धित दाबी अनि आपत्तिहरूको सुनवाई अवधि भाषाको समस्या देखियो। केही मदाताहरूद्वारा भरिएका गणना प्रपत्र पनि ओड़िया लिपिमा छ जसबाट सुनवाई तथा दस्तावेजहरूको जाँचमा अतिरिक्त समय लागिरहेको छ।
अधिकारी अनुसार यी मतदाताहरू आफ्नो पूर्खादेखिकै यस क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् जसको जरा ओडिशासित जोड़िएको छ। अधिकांश परिवार खेती तथा पशुपालनमाथि निर्भर छन्। केही घरहरूमा नयाँ बुहारीहरू पनि ओडिशाबाटै आएका छन् जसलाई केवल ओडिया भाषाको मात्र ज्ञान छ। यस्तो स्थितिमा बंगाली भाषी निर्वाचन अधिकारी, सहायक अधिकारी औ बूथ स्तरका कर्मीहरूको लागि सम्वाद गर्न कठिन भइरहेको छ।
निर्वाचन अधिकारी कार्यालयको भनाइ छ, पूर्व मेदिनीपुर तथा पश्चिम मेदिनीपुरका अन्य क्षेत्रहरूमा पनि ओड़िया मतदाताहरू छन्, तर दाँतन र मोहनपुरका यी चार वटा ग्राम पञ्चायत क्षेत्रहरूमा उनीहरूको संख्या अधिक छ। मौखिक बातचितसँगसँगै ओड़िया लिपिमा भरिएका प्रपत्रहरूलाई अनुवाद गर्नु पनि ठूलो चुनौती भएको छ। त्यसैले यी मतदाताहरूको सुनवाईमा सामान्यभन्दा बढ़ी समय लागिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा