इम्फाल ईस्टमा 27 वटा बमलाई निष्क्रिय बनाइयो, केवाईकेएल क्याडर पक्राउ, हतियार जफत
इम्फाल ईस्टमा 27 वटा बमलाई निष्क्रिय बनाइयो, केवाईकेएल क्याडर पक्राउ, हतियार जफत


इम्फाल, 2 जनवरी (हि.स.)। सुरक्षा बलहरूले गए बिहीवार इम्फाल ईस्ट जिल्लाको थौबल ड्याम थाना अन्तर्गत मोंग्लाम गाउँ निकट एक सुरक्षित स्थानमा 27 वटा देशी बमहरूलाई निष्क्करिय बनाइदिए। अधिकारीहरूद्वारा आज दिइएको जानकारी अनुसार यी बमहरू उक्त क्षेत्रबाट जफत गरिएको थियो जसलाई सुरक्षाका सबै मानदण्डहरूलाई पालन गरेर नष्ट गरियो।

यसै दिन सुरक्षा बलहरूले प्रतिबन्धित संगठन कांगलेई यावोल कन्ना लुप (केवाईकेएल)- का सक्रिय क्याडर टेकचम मणि मैतेई उपनाम ज्याकब (51)-लाई पक्राउ गरे जो थौबल जिल्लाको वांगजिंएग वांगखेई निवासी हुन् भने वर्तमानमा इम्फाल ईस्ट जिल्लाको वांगखेई निंगथेम पुखरी मापाल, लेन नम्बर-5 मा बस्दै आइरहेका थिए। आरोपीको कब्जाबाट एउटा एचपी कीबोर्ड, एक मोबाइल ह्याण्डसेट र एउटा आधार कार्ड जफत गरियो।

यसरी नै अर्को अभियानमा सुरक्षा बलहरूले इम्फाल ईस्ट जिल्लाको इरिलबुंग थाना अन्तर्गत लंगदुम नुंगजेंगबी क्षेत्रबाट भारी मात्रामा हतियार र गोला-बारूद जफत गरे। जफत गरिएका सामग्रीहरूमा एउटा देशमा निर्मित .32 पेस्तोल म्यागजिन सहित, एउटा 12-बोर एसबीबीएल बन्दुक, एउटा राइफल, दुई नम्बर-36 ह्याण्ड ग्रेनेड, विभिन्न क्यालिबरको 135 राउम्ड कारतूस, दुई लाथोड शेल, चार पोम्पी शेल, विभिन्न हतियारहरूको छः वटा म्यागजिन, तीन वटा डेटोनेटर, चार वटा 7.62 मिमी चार्जर क्लिप, एउटा ट्यूब लन्चर र दुई वटा बाओफेंग वायरलेस रेडियो सेट सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande