
जलपाइगढी, 2 जनवरी (हि.स)। जिल्लाको मयनागुड़ी बजारमा शुक्रवार बिहान भीषण अग्निकाण्ड भएको सामु आएको छ जसबाट क्षेत्रमा कोकोहोलो मचियो। आगलागीको चपेटमा परेर न्यूनतम दश वटा दोकानहरू पूर्ण रूपले क्षतिग्रस्त भयो। प्राथमिक जानकारी अनुसार आगलागीको कारण शर्ट सर्किट रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार सबैभन्दा पहिला बजारको एउटा मिठाई दोकानमा आगो बलिरहेको देखियो। त्यस दोकानमा धेरैवटा ग्यास सिलेण्डरहरू राखिएको थियो जसकारण आगोले क्षत्रभरमै भयानक रूप लियो अनि द्रूत गतिमा वरपरका दोकानहरूसम्म फैलियो। आगलागीको कारणले बजार क्षेत्रमा भय व्याप्त भयो।
सूचना पाउनसाथ स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरे। पछि घटनास्थलमा पुगेको दमकल विभागका केही वाहनहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। यस अग्निकाण्डमा दोकानहरूलाई व्यापक क्षति पुगेको छ। हाल आगलागीको सठीक कारण पत्तो लगाउनको लागि दमकल विभाग अनि पुलिसले जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा