युवकको गोली दागी हत्या गरियो
murder


नयाँ दिल्ली, 25 जनवरी (हि.स.)। शास्त्री पार्कको बुलन्द मस्जिद क्षेत्रमा गए शनिवार अबेर राती 32 वर्षीय युवकको गोली दागी हत्या गरियो। पुलिस अनुसार यो घटना राती लगभग 11:24 बजे भएको हो।

उत्तर-पूर्वी जिल्लाका पुलिस उपायुक्त आशिष मिश्राले बताए, थानामा फायरिंग भएको सूचना प्राप्त हुनसाथ पुलिस टीम घटनास्थलमा पुग्यो। जाँचमा थाहा लाग्यो, बुलन्द मस्जिद क्षेत्र निवासी समीर उपना मुस्तकिम उपनाम कम्मु पहलवानलाई अज्ञात आक्रमणकारीहरूले गोली दागेका हुन्। परिवारले गम्भीर अवस्थामा तिनलाई प्रवेश चन्द्र अस्पतालमा लिएर पुगे जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

उनले बताए, घटनाको सूचना पाउनसाथ क्राइम टीम र फोरेन्सिक टीमलाई पनि घटनास्थलमा बोलाइयो। टीमहरूले घटनास्थलको नियालेर निरीक्षण गरेपछि महत्वपूर्ण प्रमाणहरू जुटाएका छन्। पुलिसले शास्त्री पार्क थानामा हत्याको मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ। शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

पुलिस उपायुक्तले अझ बताए, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै हरेक पाटो र पक्षको जाँच गरिँदैछ। फोरेन्सिक प्रमाणको आधारमा आरोपीहरूलाई चिन्हित गर्ने प्रयास गरिँदैछ। चाँड़ै नै आरोपीहरूलाई पक्राउ गरिनेछ। सतर्कताको रूपमा क्षेत्रमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ।

हाल हत्या पछाड़िको कारण स्पष्ट हुन सकेको छैन। पुलिसले आपसी शत्रुता, पुरानो शत्रुता तथा अन्य सम्भावित कारणहरूलाई ध्यानमा राखेर जाँच गरिरहेको छ। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा भएको यस हत्याको घटनाले उत्तर-पूर्वी मात्र नभएर सम्पूर्ण राजधानीको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande