उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या
उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या


गान्तोक, 03 फरवरी (हि.स.)। राजधानीको एसटीएनएम अस्पतालमा उपचाराधीन आफ्नी पत्नीको मृत्यु भएपछि पतिले पनि आत्महत्या गरेका छन्। यो घटना हिजो 2 फरवरीका दिन घटेको हो। सिक्किम पुलिसद्वारा आज जारी गरिएको दैनिक स्थिति रिपोर्ट (डीएसआर) मा उक्त घटनाको उल्लेख छ।

डीएसआरका अनुसार, 27 जनवरी, 2026 का दिन एक 38 वर्षीया महिलालाई एसटीएनएम अस्पतालको इमरजेन्सी वार्डमा ल्याइयो। लोवर बरबिङ, राङ्का निवासी उक्त महिलामाथि कथित महिलाकै पतिले 26 जनवरीका दिन कुटपिट गरेको आरोप छ। उपचारको क्रममा सोमवार महिलाको अस्पतालमा मृत्यु भयो। यसपछि, सदर पुलिसले आरोपी पति विरुद्ध भारतीय न्याय संहिता, 2023 को धारा 105 अन्तर्गत मामिला दर्ता गऱ्यो।

तर, अस्पतालबाट फर्किएपछि आरोपी पतिले घरमा पुगेर आत्महत्या गरेको डीएसआरमा उल्लेख छ। पोस्टमार्टमपछि शव परिवारलाई सुम्पिएको छ। पुलिसले यस घटनाको सम्बन्धमा भारतीय नागरिक सुरक्षा संहिता, 2023 को धारा 194 अन्तर्गत मामिला दर्ता गरेर जॉंच अ​गाडि बढाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande