शुभेन्दु अधिकारीले नन्दीग्राम र नेताईका शहीदहरूलाई दिए श्रद्धाञ्जली
शुभेन्दु अधिकारीले नन्दीग्राम र नेताईका शहीदहरूलाई दिए श्रद्धाञ्जली


कोलकाता, 07 जनवरी (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-का नेता औ पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बुधवार सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा अलग-अलग पोस्टको माध्यमबाट नन्दीग्राम तथा नेताईका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।

पहिलो पोस्टमा उनले 7 जनवरी, 2007-को शहीद तर्पण दिवसको अवसरमा नन्दीग्राम भूमि रक्षा आन्दोलनका तीनजना अमर शहीदहरूलाई सश्रद्धा प्रणाम गरे। उनले नन्दीग्राम आन्दोलनलाई अन्याय तथा दमनविरूद्ध जनसंघर्षको प्रतीक बताउँदै पोस्टको अन्तमा लेखे, “जय जय नन्दीग्राम।”

दोस्रो पोस्टमा शुभेन्दु अधिकारीले 7 जनवरी, 2011-मा झाड़ग्राम जिल्लाको नेती गाउँमा भएको सामूहिक हत्याको घटनालाई स्मरण गर्दै त्यसमा मारिएका शहीदहरूप्रति आफ्नो गहिरो श्रद्धा व्यक्त गरे। उनले भने, नेताईका शहीदहरूको बलिदानलाई कहिल्यै भुल्न सकिँदैन र उनीहरूको बलिदानले अन्यायको विरोधमा संघर्ष गर्ने प्रेरणा दिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande