ईंटाले कुल्चेर युवकको हत्या
ईंटाले कुल्चेर युवकको हत्या


कानपुर, 08 जनवरी (हि.स.)। कल्याणपुर पुलिस थाना क्षेत्रमा एक युवकको निर्मम हत्या गरिएको छ। अज्ञात आक्रमणकारीहरूले उसको टाउकोमा इँटा प्रहार गरेर मर्न लागेको अवस्थामा छोड़ेर भागेका छन्। बुधवार जब घरबाट केही मिटर टाढ़ा रहेको खाली प्लटमा रगतले लतपतिएको अवस्थामा युवक फेला पऱ्यो, उसलाई अस्पताल लगियो, जहाँ उपचारको क्रममा बुधवार राति उसको मृत्यु भयो। पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ र अनुसन्धान शुरु गरेको छ।

नानकारी प्रधान गेटका निवासी सोनु (30) मंगलवार साँझ घरबाट निस्किए तर फर्केनन्। भोलीपल्ट, बुधवार क्षेत्रका केही बालबालिका खाली प्लट नजिकै क्रिकेट खेलिरहेका थिए जब उनीहरूको बल प्लटमा गयो। बालबालिकाहरू पर्खालबाट हाम फालेर भित्र पसेपछि उनीहरूले सोनुलाई रगतमा लतपतिएको अवस्थामा भेट्टाए। उनीहरूले आफ्नो परिवारलाई खबर गरे।

स्थानीयहरूबाट जानकारी पाएपछि सोनुको परिवार घटनास्थलमा पुग्यो। नजिकै रगतले लतपतिएको इँटा थियो। उनलाई तुरुन्तै निजी अस्पतालमा भर्ती गरियो, जहाँबाट थप उपचारको लागि हेलेट अस्पताल लगियो। उपचारको क्रममा उनको अबेर राति मृत्यु भयो।

कल्याणपुर थाना प्रभारी राजेन्द्रकान्त शुक्लाले बताए, मृतकलाई रक्सी पिउने लत थियो। शवलाई पोस्टमार्टमको लागि पठाइएको छ र थप कानूनी कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande