
बाँकुड़ा, 09 जनवरी (हि. स.)। जिल्लामा गए बिहीवार अबेर साँझ भएको एक भयानक सड़क दुर्घटनामा एक जना युवकको घटनास्थलमै मृत्यु भयो। घटना खातरा-रानीबाँध राज्य मार्गमा साहब बाँध मोड़ र केचंदा हाई स्कूलबीचमा भएको हो। एउटा द्रूत गतिको पिकअप भ्यानले मोटरसाइकललाई सोझै ठक्कर दियो जस कारण यो दुर्घटना भयो।
प्रत्यक्षदर्शीहरू अनुसार यस भयानक ठक्करपछि बाइक चलाइरहेका युवक उछिटिएर सड़कमा झरे। यसै अवधि अनियन्त्रित पिकअप भ्यानको चक्का उसको टाउकोमा पऱ्यो। हेलमेट नलगाएको कारण युवकको घटनास्थलमै मृत्यु भयो। बाइकको पछाड़ी बसेका अर्का युवक घाइते भए पनि हेलमेट लगाएको कारण उसको ज्यान बच्यो। उसलाई स्थानीय अस्पतालमा भर्ती गरिएको छ।
पुलिस सूत्र मुताविक दुर्घटनाग्रस्त मोटरसाइकलमा झारखण्डको नम्बर प्लेट टाँसिएको छ। आशंका व्यक्त गरिँदैछ, मृतक र घाइते दुवै झारखण्डका निवासी हुन्। पुलिसले उनीहरूको पहिचाउन खोलाउने प्रयास गरिरहेको छ।
घटनापछि पिकअपका चालक वाहनसितै भाग्यो। सूचना पाउनसाथ खातड़ा थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। दुर्घटनाको कारणले राज्य राजमार्गमा केही समयसम्म यातायात बाधित रह्यो। पुलिसले अज्ञात वाहनविरूद्ध मामिला दर्ता गरी चालकलाई खोज्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा